Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ४.९७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसरि दिने आवेदन ?

अर्थ संसार

विहीबार, १४ असोज २०७८, ०७ : ०७ मा प्रकाशित

प्रभु बैंकको ४.९७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसरि दिने आवेदन ?

प्रभु बैंक लिमिटेडले ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै उक्त शेयर खरिद गर्नको लागि बैक तथा बित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति कम्पनी, संघ, संस्थाहरुले मिति असोज गतेभित्र प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा आईपुग्ने गरी प्रति कित्ता के कति दररेटमा लिन कवुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको हो ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । शेयर खरिदको लागि न्यूनतम मूल्य प्रति शेयर २ सय ५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकितमा आवेदन गर्नुपर्नेछ ।

संस्थापक समुहका सबैभन्दा बढी दरभाउमा खरिद माग गर्ने आवेदकहरुलाई शेयर विक्रि गरिने र यस बाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी दरभाउमा खरिद माग गर्ने आवेदकलाई शेयर विक्रि गरिने कम्पनीले जनाएको छ । 
 

6155116f2505f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको