अर्थ संसार
काठमाडौं–बुम रेमिट्यान्स र सिद्धार्थ डेभलपमेन्ट बैंकबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३१५० वटाभन्दा बढि सब–ऐजेन्टहरु छन् ।
उक्त सम्झौतापत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिद्धार्थ डेभलपमेन्ट बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले हस्ताक्षर गरे ।
बुम रेमिट्यान्सले खाडी मुलुकहरुबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाडै मलेसिया, कोरिया, जापान, क्यानाडा, अस्टे«लिया, युरोप, ईजरायल, मालदिभ्स, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस