Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुरमा सिभिल बैंकका अध्यक्ष सहित एक दर्जन पक्राउ, ४६ करोड ठगीको आरोप

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ०६ : ४३ मा प्रकाशित

बैंकिङ कसुरमा सिभिल बैंकका अध्यक्ष सहित एक दर्जन पक्राउ, ४६ करोड ठगीको आरोप

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ । 

उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको बताइएको छ । ७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् ।

बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सीआईबीका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी परेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको