Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा साउन ३० मा, मर्जरको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव

अर्थ संसार

आइतबार, १० साउन २०८३, ०७ : ४७ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा साउन ३० मा, मर्जरको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो।

यस वर्षको साधारण सभाको प्रमुख एजेन्डाका रूपमा अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ। उक्त प्रस्ताव पारित भएमा संस्थाले सम्भावित मर्जर तथा प्राप्ति प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउन कानुनी अधिकार प्राप्त गर्नेछ।

सभामा सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि निर्णयार्थ पेश गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा आफ्नो मताधिकार प्रयोग गर्न योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको