Like us!
Follow us!
Connect us!
Watch us!

करार खेतीमार्फत ब्रोइलर कुखुरापालन विस्तार गर्दै सौर्य कृषि कम्पनी, किसानलाई साझेदार बन्न आह्वान

अर्थ संसार

आइतबार, १० साउन २०८३, १५ : २२ मा प्रकाशित

करार खेतीमार्फत ब्रोइलर कुखुरापालन विस्तार गर्दै सौर्य कृषि कम्पनी, किसानलाई साझेदार बन्न आह्वान

मकवानपुरको हेटौँडास्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित सौर्य कृषि कम्पनी लिमिटेड (पूर्व सौर्य पेलेट फिड इन्डस्ट्रिज प्रालि) ले करार (कन्ट्र्याक्ट) खेतीको अवधारणामा आधारित ब्रोइलर कुखुरापालन व्यवसाय विस्तार गर्ने भएको छ। कम्पनीले इच्छुक किसान तथा उद्यमीलाई करार प्रणालीमार्फत व्यावसायिक कुखुरापालनमा आबद्ध हुन सार्वजनिक आह्वान गरेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार, करार प्रणालीअन्तर्गत किसानसँग सहकार्य गरी आधुनिक र व्यावसायिक ब्रोइलर उत्पादनलाई देशभर विस्तार गर्ने लक्ष्य लिइएको छ। कम्पनीले यस कार्यक्रमले किसानको आय वृद्धि, रोजगारी सिर्जना तथा गुणस्तरीय कुखुराको उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

सौर्य कृषि कम्पनी लिमिटेड नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र एकीकृत व्यवसायमार्फत सुदृढ बनाउने उद्देश्यसहित २०७२ वैशाख ३० गते स्थापना भएको हो। मकवानपुरको हेटौँडामा रहेको कम्पनीले २०८१ मंसिर १ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो। स्थापना पश्चात कम्पनीले पशुपालन तथा कृषि क्षेत्रमा एकीकृत व्यवसायिक मोडल विकास गर्दै आएको छ।

हाल कम्पनीले कुखुरा, गाई–भैँसी, बङ्गुर तथा माछाका लागि गुणस्तरीय पशु आहार उत्पादन गर्दै आएको छ। साथै गहुँको चोकर, मकैको पिठो लगायतका कृषि उत्पादनको प्रशोधन तथा वितरण पनि गरिरहेको छ।

यसका अतिरिक्त कम्पनीले कुखुराको ब्रीडिङ, ब्रुडिङ र ह्याचिङ सेवा सञ्चालन गरी व्यावसायिक फार्मका लागि स्वस्थ र गुणस्तरीय चल्ला उत्पादन गरिरहेको छ। भैँसीपालन, मासु प्रशोधन उद्योग तथा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमार्फत पशुजन्य उत्पादनको सुरक्षित प्रशोधन र आपूर्ति प्रणाली विकासमा पनि कम्पनी सक्रिय रहेको छ।

कम्पनीले मकै, धान, तोरी तथा भटमासको करार खेती सञ्चालन गरी आफ्ना उद्योगका लागि आवश्यक कच्चा पदार्थको सुनिश्चित आपूर्ति गर्दै किसानको आम्दानी वृद्धि र कृषि आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ। अब यही मोडललाई ब्रोइलर कुखुरापालनमा समेत विस्तार गर्न लागिएको कम्पनीको भनाइ छ।

कम्पनीले इच्छुक कृषक तथा व्यवसायीहरूलाई आफूसँग साझेदार बनी पोल्ट्री व्यवसाय सञ्चालन गर्न आह्वान गरेको छ। व्यवसायमा सहभागी हुन इच्छुक व्यक्तिहरूले कम्पनीका प्रतिनिधि सविता अम्गाईं (फोन नं: ९८६७९८३०५०) लाई सम्पर्क गर्न सक्ने बताइएको छ।

 

 

6a65d780ee88b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको