Like us!
Follow us!
Connect us!
Watch us!

धनकुमारले अब अनलाइन पढ्न रुखमा डेरा बनाउन नपर्ने, गाउँमै पुग्याे फाेरजी सेवा

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ०८ : २० मा प्रकाशित

धनकुमारले अब अनलाइन पढ्न रुखमा डेरा बनाउन नपर्ने, गाउँमै पुग्याे फाेरजी सेवा

खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ ।

कोभिड-१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई नेपाल टेलिकम ओखलढुंगाले एक थान पकेट वाइफाइ डिभाइस उपलब्ध गराएको हो । 

मगर सरस्वती मावि कक्षा १० मा अध्ययनरत छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित फोरजीको नयाँ टावरकाे सेवा सुरु भएसँगै टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी मगरको घरैमा पुगेर पकेट वाइफाइ डिभाइस प्रदान गरेका हुन् ।

बुईपास्थित फोरजीको टावर आइतबारदेखि सञ्चानमा ल्याइएको हो । फोरजीको टावर सञ्चालनमा आएसँगै मगरको घर गाउँमा फोरजी सेवा चल्न थालेको छ ।

अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने बाध्यताले चर्चा पाएपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको प्रमुख पन्थीले बताए । नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ । 

कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन-पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको