Like us!
Follow us!
Connect us!
Watch us!

सानिमाको पहिलो त्रैमासिक नाफा २७ करोड

सोमबार, ०८ कार्तिक २०७३, १२ : ३७ मा प्रकाशित

सानिमाको पहिलो त्रैमासिक नाफा २७ करोड

अर्थ संसार
काठमाडौं– सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा अघिल्लो बर्षको यति अबधिको तुलनामा ५३ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले सार्बजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार २७ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले खुद ब्याज आम्दानी २१ करोड रुपैयाँले बढाएको छ । यस अबधिमा बैंकले ऋण लगानीसमेत १४ अर्ब रुपैयाँले बृद्धि गरेको छ । बैंकको कर्जा लगानी ४४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। 

बैंकले खुद ब्याज आम्दानी ५३ करोड २९ लाख रुपैयाँ छ। त्यस्तै पुँजी कोष अनुपात १३ प्रतिशत, खराव कर्जा अनुपात ०।०५ प्रतिशत  र प्रति सेयर आम्दानी २० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। 

580dba83e8f9b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको