Like us!
Follow us!
Connect us!
Watch us!

सनराइजको पहिलो त्रैमासमा नाफा दोब्बर

सोमबार, ०८ कार्तिक २०७३, १२ : ४८ मा प्रकाशित

सनराइजको पहिलो त्रैमासमा नाफा दोब्बर

अर्थ संसार
काठमाडौं– सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा अघिल्लो बर्षको यति अबधिको तुलनामा दोब्बरभन्दा बढीले नाफा बढाएको छ । बैंकले सार्बजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार २५ करोड ३१ लाख १६ हजार रुपैयाँ  मुनाफा गरेको छ। अघिल्लो आर्थिक बर्षको यही अवधिमा बैंकको नाफा ११ करोड ७८ लाख रुपैयाँ मात्र थियो ।

बैंकले खुद ब्याज आम्दानी २३ करोड रुपैयाँले बढाएको छ । यस अबधिमा बैंकको निक्षेप ५२ अर्ब ७१ करोड र कर्जा लगानी ४६अर्ब ५५ करोड पुगेको छ । बैंकको खराब कर्जा घटेर १।६९ प्रतिसतमा समेटिएको छ । 

580dbba1b7487.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको