Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पामा मिले एमाले र माओवादी

बुधबार, ३१ जेठ २०७४, १८ : ०१ मा प्रकाशित

पाल्पामा मिले एमाले र माओवादी

अर्थ संसार, काठमाडौँ– राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदेन भने जस्तै पाल्पामा नेकपा(उमाले) र नेकपा(माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ ।

पाल्पाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको ती पार्टीले जनाएका छन् ।

एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ ।

रामपुर नगरपालिकाको नगर प्रमुख एमालेलाई र उपप्रमुख पदमा माओवादीलाई दिइएको छ । यस्तै नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड गरिएको सहमतिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको