Like us!
Follow us!
Connect us!
Watch us!

खाद्य संस्थानमा खुल्यो जागिर, एसएलसीदेखि स्नातकोत्तर पास गरेकालाई अवसर

सोमबार, ०८ कार्तिक २०७३, १४ : ५२ मा प्रकाशित

खाद्य संस्थानमा खुल्यो जागिर, एसएलसीदेखि स्नातकोत्तर पास गरेकालाई अवसर

 
अर्थ संसार
काठमाडौं– जागिरको खोजिमा हुनुहन्छ रु यदि हो भने नेपाल खाद्य संस्थालने विभिन्न पदमा कर्मचारी मागेको छ । संस्थानले सहायकदेखि वरिष्ठ अधिकृत पदसम्मका लागि ३१ जना कर्मचारीको मागेको हो ।

वरिष्ठ अधिकृतमा खुलातर्फ २ जना, महिला १,  अधिकृतमा खुल्लातर्फ २, महिला १, आदिवासी जनजाति १, वरिष्ठ सहायकमा खुलातर्फ ४, महिला १, आदिवासी जनजाति १, मिल अपरेटरमा खुल्लातर्फ  १ जना र सहायकमा खुल्लातर्फ ९, महिला १, आदिवासी जनजाति १, मधेशी १, दलित १, अपाङ्ग १ र पिछडिएको क्षेत्रबाट १ जना गरी  ३१ जनाको लागि आवेदन गर्न भनिएको छ ।

ती पदका लागि सूचना प्रकाशन भएको मितिले ३५  दिन र दोव्बर दस्तुर तिरी अर्को ७  दिनभित्र आवेदन बुझाउन सकिनेछ । आवेदन फारम संस्थानको प्रधान कार्यालय, भद्रकाली प्लाजामा बुझाउनु पर्नेछ  । 

580dcffc3ead5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको