अर्थ संसार,काठमडौं– राजनीतिक दल बिच चुनावी प्रतिस्पर्धा भैरहेको बेला यता दुई सिमेन्ट उत्पादन गर्ने कम्पनी विच भने चर्काे बजारीकरणमा प्रतिष्पर्धा देखिएको छ ।
शिवम् सिमेन्ट र युनाइटेड सिमेन्ट बिच बजारीकरणमा चर्काे प्रतिपर्धा देखिएको हो । ग्राहकहरुलाई तान्नको लागि दुवै कम्पनीले अफर ल्याएका छन् ।
शिवम् सिमेन्टले २० बोरा किन्दा १ बोरा सित्तामै दिने योजना ल्याएको छ । यता यूनाइटेड सिमेन्ट्सले १५ बोरा किन्दा १ बोरा दिने योजना ल्याएको छ ।
यी दुवै कम्पनीको यो योजनाले ग्राहकहरुलाई भने केही लाभ हुने देखिन्छ । देशको विकास निर्माणको लागि हाम्रो सहयोगको स्वरुप हामीले यस्ता योजना ल्याएको दुई सिमेन्ट कम्पनीले जनाएका छन् ।
बजरीकरणमा चलेको यो प्रतिपर्धाले कस्ले बाजी मार्ने त्यो भने पछि मात्र थाहा हुनेछ । पछिल्लो समय यी दुवै कम्पनीको सिमेन्टहरु बजारमा राम्रो माग हुँदै आएको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस