Like us!
Follow us!
Connect us!
Watch us!

कार्यक्रम गर्न चाहनु हुन्छ ? ट्रेड टावर बिजनेश सेन्टरले उपलब्ध गराउँछ ठाउँ

आइतबार, १८ असार २०७४, ११ : ०६ मा प्रकाशित

कार्यक्रम गर्न चाहनु  हुन्छ ? ट्रेड टावर बिजनेश सेन्टरले उपलब्ध गराउँछ ठाउँ

दिनिता लामिछाने
काठमाडौं–तपाईं सभा, सेमिनार, मिटिङ, पार्टी गर्ने उपयुक्त स्थलको खोजीमा हुनु हुन्छ ? काठमाडौंको मुटु थापाथलीमा रहेको ट्रेड टावर विजनेस सेन्टर तपाईंको उपयुक्त गन्तब्य हुन सक्छ ।

पूर्ण कर्पोरेट सोलुसन दिने गरी टावरले क्षमताका आधारमा सानादेखि ठूलासम्म हलहरु उपलब्ध गराउँछ । ‘हामी सानो समुहमा मिटिङ गर्नेदेखि कम्पनीहरुलाई साधारणसभा गर्न आवश्यक ठूला हलहरुसम्म उपलब्ध गराउँछौं,’ ट्रेड टावरकी मार्केटिङ मेनेजर इश्वरी मालाकारले भनिन्, ‘यहाँ कार्यक्रम गर्न आयोजकले कुनै कुरा ल्याउनु पर्दैन ।’

यस टावरमा विभिन्न ब्यवसायिक कार्यक्रम, सेमिनार, सम्मेलन, प्रदर्शनी, बार्षिक साधारणसभा, तालिम, पत्रकार सम्मेलनलगायतका कार्यक्रम गर्न उपयुक्त हलहरु छन् । टावरमा रहेको पर्ल हलमा ३५० जना सहभागी हुन सक्छन् । एसिसहितको यस हललाई सानो र ठूलो गरी दुई भागमा विभाजन पनि गर्न सकिन्छ ।

यस्तै इलाइट हल १ सय ५० जना अट्ने क्षमता छ । मध्यम आकारको यस हलमा मिटिङ, सेमिनार, सम्मेलन, अन्तक्र्रियात्मक कार्यक्रम गर्न उपयुक्त छ । यस्तै एक्जुकेटिभ मिटिङ हलमा ३० जना अट्ने क्षमता छ । यसलाई राष्ट्रिय, अन्तराष्ट्रिय सहभागीले अल्पकालिन कार्यालयका रुपमा काम गर्न सक्छन् ।

ट्रेड टावरले पूर्ण समय कार्यालय नचाहिनेहरुका लागि कार्यालय समेत उपलब्ध गराउँछ । वाइफाइ, आवश्यक उपकरणहरुसहितको ब्यवस्थित कार्यालय ट्रेड टावरले उपलब्ध गराउँछ । पार्टी गर्नेहरुका लागि समेत यो स्थल उपयुक्त छ । लन्च, डिनर, स्न्याक्स, ड्रिङ्ससमेत टावरले आफैं ब्यवस्थापन गर्ने गरेको छ । के छ विचार ? तपाईं पनि कार्यक्रम गर्न त्यहीं जाने कि ?      

 

5958908f808be.jpg 5958909632fd4.jpg 595890a55d7d9.jpg 595890afb4ab7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको