Like us!
Follow us!
Connect us!
Watch us!

कलेजलाई मध्यनजर गर्दै रनका नयाँ मोडल शुज बजारमा

मंगलबार, २० असार २०७४, १२ : २९ मा प्रकाशित

कलेजलाई मध्यनजर गर्दै रनका नयाँ मोडल शुज बजारमा

अर्थ संसार, काठमाडौं– नेपाली बजारमा आफनो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इण्डष्टिज प्रा. लि ले नयाँ मोडलका कलेज शुज बजारमा ल्याएको छ ।

नयाँ मोडलका कलेज शुजहरुमा ९ मोडेल रहेका छन । विभिन्न डिजाइनमा बनेका कलेज शुज भिन्न हाइट र भिन्न च्वाइस भएका विद्यार्थिहरुलाई मन पर्ने डिजाइनमा बनाइएको रन शुजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिनुभयो । 

विशेषतः कलेज  शुजका नयाँ मोडलहरु एग सोल प्रयोग गरिएकोले हलुका र आरामदायिक छन् । उच्चस्तरिए मेटेरीएल्स प्रयोग गरिएको कलेज शुज स्वास्थ्य वर्दक रहेका र अत्यन्त सुलभ मुल्यमा कलेज शुजहरु उपलब्ध गराइएको पनि न्यौपानेले बताउनुभयो ।

रन ब्राण्डका यी जुत्ताहरु विभिन्न उमेर समुहका व्यक्तिहरुलाई मध्य नजर गरि तयार गरिएको हुँदा बजारमा सजीलै बिक्रि हुने कम्पनीको दाबी छ ।

रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ६९५ भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गर्दै आएको छ ।

हाल रन ब्राण्डका जुत्ता तथा चप्पल मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।

कम्पनीले गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आइ. एस. ओ. ९००१ः२००८ अवार्ड समेत प्राप्त गरिसकेको छ । कम्पनीले गत वर्ष देखि ठूलो परिमाण क्षमता भएको पी.यू. का जुत्ता तथा चप्पल उत्पादन गर्ने पी.यू. प्लान्ट स्थापना गरि दैनिक २ हजार जोर जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको