Like us!
Follow us!
Connect us!
Watch us!

बिजुली निकाल्ने सरकारी र निजी क्षेत्रका लगानीकर्तालाई सम्मान गरिदै

सोमबार, २६ असार २०७४, १९ : ०६ मा प्रकाशित

बिजुली निकाल्ने सरकारी र निजी क्षेत्रका लगानीकर्तालाई सम्मान गरिदै

अर्थ संसार, काठमाडौँ– नेपालको जलविद्युत् उत्पादनको १०६ वर्ष पुगेको अवसरमा सरकारले पहिलो पटक जलविद्युत् उत्पादनमा लागेका सरकारी तथा निजी क्षेत्रका लगानीकर्तालाई सम्मान गर्ने भएको छ।

नेपालको इतिहासमा यो एकदमै नौलो र प्रशंसायोग्य पुरस्कारको रुमपा लिइएको छ ।जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास स्मरण गर्दै सरकारले अहिलेसम्म योगदान पु¥याउने जलविद्युत आयोजनालाई सम्मान गर्न लागेको जनाएको छ ।

सरकारी तथा निजी क्षेत्रको प्रयासमा विद्युत उत्पादन गरी राज्यलाई सहयोग गरेको  भन्दै सम्मान गर्न लागिएको हो ।

विद्युत विकास विभागको साउन १ गते मनाउन लागिएको २४औं वार्षिकोत्सवमा अवसरमा नेपाल विद्युत् प्राधिकरणका १७ आयोजना र निजी क्षेत्रका कूल ५८ वटा आयोजनालाई सम्मान गर्न लागेको हो ।

विभिन्न समस्या तथा अप्ठ्यारो समयमा पनि आयोजना निर्माण गरेर राज्यको ऊर्जा संकट न्यूनिकरणमा योगदान पुर्याएकाले सम्मान गर्न लागिएको विभागले जनाएको छ ।

जलविद्युत् उत्पादनको नेपाली इतिहासमा  सरकारले लक्षित उपलब्धि हासिल गर्न नसकेको भएपनि अपेक्षित परिणाम हासिल गर्दै गएको छ र निजी क्षेत्रले पनि सहयोग गर्दै आएको विभागले जनाएको छ ।

६० मेगावाटको खिम्ती जलविद्युत आयोजना निर्माणसँगै निजी क्षेत्र जलविद्युत विकासमा आकर्षित भएको हो ।

निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४ सय ३९ मेगावाट विद्युत उत्पादन गरेको छ । यस्तै, प्राधिकरणले १७ आयोजनाबाट ४ सय ६७ मेगावाट उत्पादन गरेको छ ।

प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९ सय ७ मेगावाट विद्युत उत्पादन गरेका छन् । हेटौडा र दुहबीमा राखिएका प्राधिकरणका दुई थर्मल प्लान्टको ५३ मेगावाटसमेत जोड्दा हालसम्म जम्मा ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडित छ ।

तर खिम्तीमा भएको अमेरिकी डलरमा विद्युत् खरिद सम्झौताका कारण नेपाल विद्युत् प्राधिकरणले नोक्सान भने व्योहोर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको