अर्थ संसार
काठमाडौं– जनता बैंकले आगामी मंसिर १ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यको १ करोड ३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्टको कार्यालयसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयमा आवेदन फारम बुझाउन सकिने छ ।
बैंकको अहिले चुक्ता पूँजी २ अर्ब ६ करोड रूपैयाँ छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रूपैयाँ पुग्नेछ । बैंकले विगत दुई बर्षदेखिको नाफाबाट लाभांश वितरण गर्न बाँकी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस