Like us!
Follow us!
Connect us!
Watch us!
प्राधिकरणले काठमाडौँमा बनाउँदैछ व्यापारिक कम्लेक्स

विद्युत् प्राधिकरणको प्राथमिकता : विजुली कि घर ?

मंगलबार, २७ असार २०७४, १४ : ४५ मा प्रकाशित

विद्युत् प्राधिकरणको प्राथमिकता : विजुली कि घर ?

अर्थ संसार, काठमाडौँ, नेपाल विद्युत प्राधिकरण जलविद्युत् आयोजना बनाउन छाडेर अब घर तथा व्यापारिक कम्लेक्स बनाउन थालेको छ ।

प्राधिकरणको प्राथमिकतामा विद्युत् आयोजना हो कि व्यापारिक घर तथा भवन हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन । लोडसेडिङ हटाएर वाह वाही पाएपछि जे गरेपनि हुृन्छ भन्ने मान्यताले प्राधिकरणको उच्च नेतृत्वमा घर गरेको छ ।

प्राधिकरणले भने उपत्यकाभित्र आफ्नो नाममा रहेका खाली जग्गामा व्यापारिक कम्प्लेक्स निर्माण गर्ने जनाएको छ ।

स्वयम्भु, लैनचौर, महाराजगन्ज, रत्नपार्क, लगनखेल लगायतका स्थानमा रहेको खाली जग्गामा ‘प्राधिकरण पूर्वाधार विकास आयोजना’ अन्तर्गत व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागेको आयोजनाले जनाएको छ ।

प्राधिकरणको नाममा रहेका जग्गामाथि अतिक्रमण बढेकाले चाहिने जति छुट्याएर बाँकी  स्थानमा ठूला पूर्वाधार निर्माण गर्न लागिएको प्राधिकरणको जनाएको छ ।

त्यस्ता भवनमा भवनको अभावमा भाडामा बसिरहेका प्राधिकरण अन्तर्गतका कम्पनीको कार्यालय राखिने छ ।

‘अहिले प्राधिकरणले गठन गरेका १५ वटा कम्पनीको आफ्नो कार्यालय भवन छैनन् । प्राधिकरणका अनुसार स्वयंभुको ८ रोपनी, महाराजगंजको ३ रोपनी, लगनखेलको १० रोपनी र रत्नपार्कको ४ रोपनी जग्गामा पहिलो चरणमा कम्प्लेक्स बनाउने तयारी गरिएको छ । निर्माण हुने पूर्वाधार आयोजनालाई नाफामुलक बनाएर प्राधिकरणको आम्दानी बढाउने लक्ष्य राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको