Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको साधारणसभा बैशाख ३ गते, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, ०७ : ४४ मा प्रकाशित

नेपाल फाइनान्सको साधारणसभा बैशाख ३ गते, लगानीकर्तालाई छैन लाभांश

नेपाल फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २९ औँ बार्षिक साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको वार्षिक साधारण सभा २०७८ साल बैशाख ३ गते, शनिबार होटल एल्लो प्यागोडा, कान्तिपथ काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

संस्थाले साधारण सभा प्रयोजनका लागि चैत्र १७ गते एक बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

यस्ताछन् सभाका प्रस्तावहरुः

क) साधारण प्रस्तावहरु:

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित
गर्ने।

२. लेखापरिक्षण प्रतिवेदन सहितको आ.ब.०७७/७५ को वासलात, २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको
नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी
पारित गर्ने।

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. ०७७/७८ को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । संस्थाको नियमावली अनुसार संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १(एक) को निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्तावहरु:
१. संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा संस्थाको चल-अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन (Due Diligence Audit-DDA) गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

(ग) विविध ।
 

623bd15178cc2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको