अर्थ संसार
काठमाडौं– नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ८० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। नागबेलीको बोर्ड बैठकले ६० प्रतिशत वोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा वितरण गरिने छ । लघुवित्तहरुमध्ये यस बर्ष लाभांश यही कम्पनीले घोषणा गरेको हो । बजारमा लघुवित्त बैंकमध्ये सबैभन्दा महंगो सेयर पनि नागबेलीकै छ । १० जिल्ला कार्य क्षेत्र भएको लघुवित्तको मुख्य कार्यालय झापामा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस