Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल क्यापिटले पायो लगानी कोष व्यवस्थापकको स्वीकृति

शुक्रबार, ३० असार २०७४, १३ : ३७ मा प्रकाशित

एनआइबिएल क्यापिटले पायो लगानी कोष व्यवस्थापकको स्वीकृति

अर्थ संसार, काठमाडौँ– एनआइबिएल क्यापिटल मार्केट्सले मर्चेन्ट बैंकिङ तथा सामुहिक लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको समेत काम गर्ने गरी स्वीकृति पाएको छ ।

सो कार्य गर्ने लक्ष्यका साथ आवेदन दिएको केही समय पद्धि  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो  ।

एनआइबिएल क्यापिटलले निक्षेप खाताको बजार हिस्सामध्ये ११.५ छ । खाता यसै संस्थामार्फत सञ्चालन गर्न सफल रहेको छ ।

यो देशकै पहिलो एक लाख हितग्राही खाता पुर्याएर सेवा दिने संस्था भएको कम्पनीको दाबी छ ।

संस्थाले मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण शाखाबाट मर्चेन्ट बैंकिङसम्बन्धी सेवा दिँदै आएको छ । एनआइबिएल क्यापिटल धितोपत्र बजारका लागि एकीकृत मोबाइल एप समेत सार्वजनिक गरिसकेको छ ।
 
एपबाट निक्षेप सदस्यले हिताग्राही खाताको विवरण, म्युचुअल फन्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवाको विवरण हेर्न सक्ने सो संस्थाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको