Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबीका सिइओ पौडेलको कार्यकाल फागुनसम्म, नयाँ सिइओमा केसी

शुक्रबार, १२ कार्तिक २०७३, १५ : ३३ मा प्रकाशित

एनएमबीका सिइओ पौडेलको कार्यकाल फागुनसम्म, नयाँ सिइओमा केसी

अर्थ संसार

काठमाडौं–एनएमबी बैंकको बोर्ड बैठकले प्रमुख कार्यकारी अधिकृत उपेन्द्रप्रसाद पौडेलको कार्यकाल आगामी फागुन ३० गतेसम्मका लागि थपेको छ । 

पौडेलको कार्यकाल आगामी मंसिर ८ गते सकिँदै थियो । बोर्ड बैडकले पौडेको कार्यकाल सकिएपछि अहिलेका उप प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने पनि निर्णय गरेको छ । 

नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स हुँदादेखि पौडेल प्रमुख कार्यकारी अधिकृत थिए। उनले फाइनान्सलाई
 स्तरोन्नति गराएर क वर्गको एनएमबी बैंक बनाएका थिए । पौडेल बैंकर्स एसोसिएसनका अध्यक्ष पनि हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको