Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र त्रिबेणी विकास बैंक गाभिने, स्वाप रेसियो १ बराबर १

शनिबार, १३ कार्तिक २०७३, ११ : ०३ मा प्रकाशित

जनता बैंक र त्रिबेणी विकास बैंक गाभिने, स्वाप रेसियो १ बराबर १

अर्थ संसार
काठमाडौं–जनता बैंकले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ । यस सम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच  हस्ताक्षर भएको छ ।  दुबै बैंकको सेयर स्वाप रेसियो एक बराबर एक हुने समझदारी भएको जनता बैंकका संचालक गुरुप्रसाद न्यौपानले जानकारी दिए । दुई बैंकको डीडीए प्रतिवेदनले बाट आउने निचोडल दुवैको स्वाप रेसियो परिवर्तन हुनसक्ने छ । 
जनता बैंकले ५० प्रतिशत हकप्रद दिने तयारी गरेको छ । यसपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ९ करोड हुनेछ । त्रिबेणीले भने  ८२ करोड चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले हकप्रदभन्दा पहिलेको चुक्ता पूँजीमा १९ प्रतिशत हाराहारीमा बोनस जारी गर्ने छ । दुबै बैंकको चुक्तापूँजी जोड्दा मर्जपछि ४ अर्ब ९० करोड हाराहारीमा पुग्नेछ । मर्जरपछि जनता बैंक बलियो बन्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको