Like us!
Follow us!
Connect us!
Watch us!

साथीमार्टको ‘सस्तो शुक्रबार’ अफर सुरु

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ११ : १३ मा प्रकाशित

साथीमार्टको  ‘सस्तो शुक्रबार’ अफर सुरु

नेपालकै ठुलो रिटेल चेन साथीमार्टले ‘सस्तो शुक्रबार’ अफर सुरु गरेको छ । हरेक शुक्रबार लागू हुने अफरमा सम्पूर्ण किराना सामानहरुमा दस प्रतिशत छुट उपलब्ध छ भने डिजिटल भुक्तानी गर्दा थप दस देखि बीस प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बताइएको छ । 

ग्राहकहरुलाई अनलाइन र अफलाइन दुबैको सुबिधा दिंदै आएको साथिमार्टले आहिलेको लागि यो योजना काठमाडौका मैतिदेवी र टोखा अनि इटहरी मिलनचोकको आउटलेटमा सुरु गरेको छ । छिट्टै यो अफरलाई देशब्यापी बनाउने योजना रहेको साथीमार्ट इन्कर्पोरेट प्रालीका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

‘आहिले अफलाइन शपिङ्गमा मात्र लागु गरिएको अफर छिट्टै अनलाइन सपिङमा पनि उपलब्ध गराउने योजनामा छौं’ पोख्रेल थप्छन् ‘रिटेल इन्डस्ट्रीमा साथीमार्टले प्रत्याउनै नसक्ने अफरहरुको थालनी गर्दै छ । यसको सुरुवात नै सस्तो शुक्रबार हो ।’

साथै हरेक महिना हरेक स्टोरहरु बाट एकजना भाग्यसाली बिजेताले लक्की ड्र मार्फत बम्पर उपहार पाउने बताइएको छ ।साथीमार्टका आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्। फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको