Like us!
Follow us!
Connect us!
Watch us!

२०७९ मै नेप्से ३२०० ब्रेक गरेर निकै माथि जाने काकाको प्रक्षेपण

अर्थ संसार टक

शुक्रबार, ०२ बैशाख २०७९, १३ : १५ मा प्रकाशित

सेयर बजारमा 'काका' नामले परिचित केशव कोइरालाले २०७९ भित्रै बजारले यसअघिको अल टाईम हाइ (३२२७) को विन्दुलाई ब्रेक गर्दै नयाँ हाइ बनाउने प्रक्षेपण गरेका छन् । अर्थसंसार डट कमको लोकप्रिय कार्यक्रम अर्थसंसार टकमा बोल्दै उनले १४ महिनाकै अवधिमा ११००  को लेभलबाट बजार ३२०० सम्म पुगेकाले (तिन गुणा) जुन गतिले बढ्यो त्यही गतिले खसेको भन्दै १४ महिना लगाएर करिब ३ गुणा बढेको बजार ८ महिनादेखि डाउन ट्रेन्डमा रहेको र अब ४/५ महिनापछि बढ्दो ट्रेण्डमा जान सक्ने सम्भावना उच्च रहेको विश्लेषण गरेका हुन्।  

बजार पैसाकै कारणले बढ्ने भन्दै कोइरालाले बजारमा तरलताको स्थिति सहज हुनेबित्तिकै मार्केट अपट्रेन्डमा जाने स्पष्ट पारे। अहिले बजार सुस्ताउनुको प्रमूख कारण भनेको ठूलो पैसा बजारबाट बाहिरिनु अनि सानो सानो पैसा मात्रै बजारमा आउनु हो भन्दै उनले बजार बढ्न दुइवटा कुराहरु 'पैसा' र 'इक्षाशक्ति' चाहिने र अहिले बजारमा पैसा नै नभएको अवस्था नभएको तर लगानीकर्ताहरुमा बजार बढेरै माथि जाने भन्ने आत्मविश्वाश नभएकाले बजार बढ्न नसकेको उनी बताउँछन् । विशेषगरी ठूला लगानीकर्ताहरुमा अहिले किनेर नाफा खाएर बेच्न पाइन्छ भन्ने कन्फ़िडेन्स नआएसम्म बजार धेरै माथि जान सक्ने आफुले नदेखेको पनि उनले बताए।  

गभर्नरको निलम्बनपछि किन बजार बढ्न सकेन होला भन्ने प्रश्नको जवाफ दिँदै उनले राष्ट्र बैंक र गभर्नरले लिएको नीतिका कारण सेयर बजारमा ठूलो दुर्घटना हुनबाट जोगिएको र  गभर्नरले राम्रा कामहरु गर्दा गर्दै पनि उनलाई यसरी कपोकल्पित आरोपहरु लगाएर बर्खास्ती गर्नु अनावश्यक रहेको बताए।  औठाछाप अर्थमन्त्रीले विज्ञ गभर्नरलाई कारबाही गर्नु आफैमा अशोभनीय कार्य भएको बताउँदै राष्ट्र बैंकले सेयर धितोकर्जामा लिएको ४/१२ करोडको क्यापको पनि काकाले समर्थन गरेका हुन्।  

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको