Like us!
Follow us!
Connect us!
Watch us!

सर्तहरुसहित लगानीकर्ताको आन्दोलनलाई समर्थन गर्न तयार छौँः दिपेन्द्र अग्रवाल

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १० : ४१ मा प्रकाशित

सर्तहरुसहित लगानीकर्ताको आन्दोलनलाई समर्थन गर्न तयार छौँः दिपेन्द्र अग्रवाल

चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवालले आँफु र आफ्नो समूह विभिन्नहरु सर्त सहित जारी लगानीकर्ताहरुको आन्दोलनलाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका छन् । अर्थसंसारसंगको कुराकानीमा उनले सर्तहरु सहित लगानीकर्ताहरुलाई समर्थन गर्न तयार रहेको बताए । 

‘हामिले आन्दोलनरत साथिहरुसंग मुख्य गरी दुईवटा सर्तहरु राखेका छौ पहिलो यो पटकको आन्दोलन र अनशन निर्णायक हुनुपर्छ पहिले जस्तो सम्झौता गरेर आन्दोलन छोड्नु हुँदैन अबको यो आन्दोलन कार्यन्यनमुखी हुनुपर्छ भन्ने हाम्रो सर्त छ’ उनले भने ‘त्यस्तै विगतमा आन्दोलन गर्ने साथीहरुलाई जसरी नियामकहरुले नियोजित रुपमा विभिन्न मुद्दाहरु लगाएर दुख दिने काम भइरहेको छ अब आगामी दिनमा फेरी त्यस्तो भएमा आम लगानीकर्ताहरु मिलेर त्यस्ता कार्यका बिरुद्धमा लड्ने कुरा भएको छ यी कुराहरुमा साथीहरुको सहमति भएमा हामि जारी लगानीकर्ताहरुको आन्दोलनमा सहभागि हुन तयार छौ ।’ 

जेठ २३ गतेदेखि विभिन्न १९ बुँदे माग सहित पूँजी बजार सुधार समितिको नेतृत्वमा आन्दोलन जारी छ । तिलक कोइरालाको नेतृत्वमा पूँजी बजार सुधार समिति गठन गरि समितिले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाललाई १९ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो भने तेस्को भोलि पल्ट  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउ गर्दै गर्दा निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि रोक लगाउदै  तिलक कोइरालालाइ नै पक्राउ गरेको थियो। यदि आन्दोलनबाट आफ्ना मागहरु संबोधन नभए संयोजक कोईरालाले असार १ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरिसकेका छन् ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको