Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरले डाक्यो साधारणसभा, ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ०६ : ४२ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरले डाक्यो साधारणसभा, ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा ३ गते लिसारा हल नक्साल काठमाडौँमा हुने छ ।

सभामा अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने गर्ने छ । सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव पारित हुनेछ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि हकप्रदका लागि नियामक निकायसंग अनुमतिका लागी कम्पनीले आवेदन दिने छ । 

कम्पनीले साधारणसभा प्रयोजनार्थ साउन १९ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको छ तसर्थ साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको