Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको नाफामा ७० प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०६ : ४९ मा प्रकाशित

नेपाल एसबिआई बैंकको नाफामा ७० प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ब्यापक बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ९६ करोड ३४ लाख ७९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ५३.७२ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७७ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ८६ करोड ७३ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि बढेर २ अर्ब ३६ करोड ५१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ३५ करोड १३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३२७ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ८५ करोड ११ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ८१ पैसाबाट बढेर १६ रूपैयाँ ६७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको