Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको नाफा २ अर्ब ४८ करोड, ८.९३ रुपैयाँले घट्यो ईपिएस

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०७ : ०२ मा प्रकाशित

हिमालयन बैंकको नाफा २ अर्ब ४८ करोड, ८.९३ रुपैयाँले घट्यो ईपिएस

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा सामान्य गिरावट आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६.२२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ३५.२५ प्रतिशतले बढेर ५ अर्ब १२ करोड ४१ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ७८ करोड ८७ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १७.८१ प्रतिशतले घटेर ३ अर्ब ५४ करोड ५ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब ३० करोड ७८ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २२.६६ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब १४ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ०७ पैसाबाट घटेर १९ रूपैयाँ १४ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको