पछिल्लाे समय पब्लिक कम्पनीहरूबीच साधारण सेयर आईपीओ निष्कासन गर्ने लहर चलेको छ । आईपीओप्रति सर्वसाधारणहरूको चासो बढिरहेको अवस्थामा पब्लिक कम्पनीहरू पनि आईपीओ निष्कासन गर्न आकर्षित भएका हुन् ।
यसैबीच निजी क्षेत्रकाे पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले पनि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । पब्लिक कम्पनी बनेसँगै म्युजिक नेपालले आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवासँग सहकार्य गरेको छ ।
आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि एनआइसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएकाे छ ।
यो आईपीओ निष्कासनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्नेछ । जसले गर्दा भावी दिनहरूमा यस कम्पनीसँग आवद्ध हुन इच्छुक सम्पूर्ण स्रष्टा–कलाकार तथा सङ्गीतप्रेमीहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने कम्पनीले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस