पछिल्लो समय नेपाल धितोपत्र बोर्डको सिफारिसमा ब्रोकर लाइन्सेस खुल्ला गर्ने विषयलाई लिएर विकासित घटनाक्रमबारे लगानीकर्ताको एउटा समूहले पुन आन्दोलन गर्ने चेतावनी दिदै मार्केट घटाउछौ भनि खुल्ला चुनौती दिदै हिडिरहेको लगानीकर्ताले आरोप लगाएका छन्।
मन्त्रिपरिषद्ले थप अध्ययनको लागि कानुन मन्त्रालय पठाएको विषयलाई अतिरन्जित रुपमा ब्रोकर लाइसेन्स सम्बन्धी प्रकृया नै बन्द भएको रुपमा प्रचार गरि पुन सेयर मार्केट घटाउन केहि लगानीकर्ता सक्रिय रहेको लगानीकर्ताहरुको आरोप लगाएका हुन्।
पूँजी बजारमा सक्रिय तथा पहिले पनि विभिन्न लगानीकर्ताको माग लिएर आन्दोलन गर्दै हिडेका केहि लगानीकर्ताहरुको समूह फेरि पनि अहिले ब्रोकर लाइसेन्स खुल्ला गर्ने विषय मन्त्रिपरिषद्ले फिर्ता गरेको समाचारलाई आधार मान्दै आन्दोलन गर्ने चेतावनी दिदै आएका छन्।
यता केहि लगानीकर्ताको समूह भने पुन नियोजित रुपमा मन्त्रिपरिषदमा पुगेको विषयलाई अतिरन्जित गर्न खोजेको र कुनै पनि एक समुहको स्वार्थमा सेयर मार्केट घटाउन लागेमा उक्त समुह बिरुद्ध धितोपत्र बोर्डमा उजुरी गर्ने बताईरहेका छन।
यस्तै केहि बजार विश्लेषकहरुले भने ब्रोकर लाइसेन्स सम्बन्धी विषयलाई सरकारले चर्चामा ल्याई हाल कायम रहेका ब्रोकर मार्फतनै नयाँ लाइसेन्सको नाममा कमिसन अशुल गरि बार्गेनिंङ्ग गर्न खोजेको आरोप समेत लगाएका छन।
५२ लाख भन्दा बढी डिम्याट खाता रहेको नेपाली पुंजी बजारमा अहिले लगानीकर्तामा पुंजीबजार सम्बन्धमा साक्षरता भने बढेको पाइएको छ, हाल साधारण विषयलाई अतिरन्जित गरि व्यक्तिगत लाभ लिन खोज्ने समूह पनि सामाजिक संजाल, फेक प्रोफाइलको प्रयोग गर्दै हिडेको पाइन्छ।
यता बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा समेत बैंकको काम पैसाको लेनदेन हो र ब्रोकर लाइसेन्स बैंकलाई जिम्मा लगाउनु स्थापनाको उद्देश्य भन्दा बाहिर रहेको र उपयुक्त नहुने विषय समेत चर्चामा रहेको छ।
बजार घटाउन लागेको कुरा बिगत केही दिनको चार्ट हेर्दा कारोबारको अन्तिम आधा घण्टामा धरै सप्लाई दिएर बजार घटाउन लागि परेको समेत डाटाहरुले देखाउने तर्क छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस