साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७.९० अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३४.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१६ अंकले बढेर ४७३.४७ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । शुक्रबार सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ३६ लाख ८३ हजार ५९९ कित्ता सेयर ६९ हजार ५९७ पटक खरिद बिक्री हुँदा ६ अर्ब १८ करोड १० लाख ३० हजार ४८४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस