Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब घाटामा रहेको अप्पर तामाकोशीका सिईओलाई २०० प्रतिशत उत्तरदायित्व भत्ता !

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १३ : १६ मा प्रकाशित

१ अर्ब घाटामा रहेको अप्पर तामाकोशीका सिईओलाई २०० प्रतिशत उत्तरदायित्व भत्ता !

गत आर्थिक वर्षको अन्तिमसम्ममा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई उत्तरदायित्व भत्ता बापत सुरु तलवको २०० प्रतिशत उपलब्ध गराउने गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभामा सार्वजनिक गरेको चौधौँ वार्षिक प्रतिवेदनमा सिईओलाई मासिक तलवको २०० प्रतिशत उत्तरदायित्व भत्ता दिने निर्णय गरेको उल्लेख गरिएको छ । उक्त प्रतिवेदन अनुसार कम्पनीका सिईओ विज्ञान प्रसाद श्रेष्ठले कम्पनीबाट उक्त आर्थिक वर्षमा कुल ३० लाख ७६ हजार ९ सय ४५ रुपैयाँ पारिश्रमीक बुझेको देखिन्छ । 

सिईओ श्रेष्ठको मासिक तलब भने ७० हजार रुपैयाँ रहेको छ । त्यस्तै आयोजनाको स्वीकृत वार्षिक कार्यक्रम तथा लक्ष्य अनुरुप चौमासिक प्रगती हाँसिल भएमा पनि कम्पनीले थप प्रोत्साहन भत्ता दिने व्यवस्था समेत गरेको छ । यदि आयोजनाको ७५ प्रतिशतदेखि ९० प्रतिशतसम्म प्रगती हाँसिल गरेमा १०० प्रतिशत र ९० प्रतिशत भन्दा बढी प्रगती हाँसिल गरेमा सुरु तलबको १५० प्रतिशतसम्म प्रोत्साहन पाउने कम्पनीले व्यवस्था गरेको छ । 

कम्पनीको चौधौँ साधारण सभाका सञ्चालकहरुको बैठक भत्ता समेत वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । यस अघि कम्पनीले सञ्चालकहरुलाई प्रति वैठक भत्ता ४ हजार रुपैयाँ दिने गरेकोमा अब उक्त भत्तालाई वृद्धि गरी ७ हजार रुपैयाँ पुर्याउने प्रस्ताव साधारण सभामा गरिएको थियो तर सभामा सहभागी सेयरधनीहरुको चर्को विरोध पनि सञ्चालकहरुको बैठक भत्तालाई ५ हजार रुपैयाँ मात्र पुर्याइएको छ । 

गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीले ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बिजुली बेचेर कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले व्यवसायीक विद्युत सुरु गरेको थिएन  ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङको आकार २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७।६९ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको