Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीको बिद्युत बिक्रि आम्दानी ७ अर्ब नाघ्यो !

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ११ : १७ मा प्रकाशित

अप्पर तामाकोशीको बिद्युत बिक्रि आम्दानी ७ अर्ब नाघ्यो !

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ घाटामा छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बिजुली बेचेर कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले व्यबसायीक बिद्युत सुरु गरेको थिएन  ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङको आकार २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ ऋणत्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७.६९ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fb2c3fcccb5.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको