Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवेणी विकास बैंकको ४१ लाख ७६ हजार कित्ता सेयर बजारमा

मंगलबार, २३ कार्तिक २०७३, १३ : १६ मा प्रकाशित

त्रिवेणी विकास बैंकको ४१ लाख ७६ हजार कित्ता सेयर बजारमा

अर्थ संसार 
काठमाडौं ।  आफूसँग भएको रकम सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने आजबाट त्रिवेणी विकास बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । गएर आवेदन दिन सक्नुहुन्छ । बैंकले ४१ लाख ७६ हजार कित्ता हकप्रद जारी गरेको हो । त्रिवेणी विकास बैंकले एक सय रुपैंयाका अंकित दरका ४१ लख ७६ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । 

 बैंकका अनुसार  दुई कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउनेछन् । त्रिवेणीको हकप्रदमा कात्तिक २३ देखि मंसिर २७ गतेसम्ममा आवेदन दिन सकिने बैंकले जनाएको छ । जनता बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकमा असोज ३० गतेसम्म कायम बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

 आवेदन दिने स्थानहरु 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालय लालदरबार, त्रिवेणी विकास बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु, एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु र महालक्ष्मी विकास बैंकको महेन्द्रनगर र धनगढी शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको