Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकका ७ नयाँ शाखा

बुधबार, २४ कार्तिक २०७३, १० : ५५ मा प्रकाशित

एनआइसी एशिया बैंकका ७ नयाँ शाखा

अर्थ संसार
काठमाडौं – एनआईसी एशिया बैंकको विभिन्न ७ स्थानमा रहेका नयाँ शाखाहरुको एकैसाथ एक समारोहकाबीच उद्घाटन भएको छ ।

ती शाखाहरुमध्ये लेखनाथस्थित शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपठीले, वाग्लुङ्गस्थित शाखाको उद्घाटन वाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले, बिरौटा स्थित शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेलले गरे ।


कावासोतीस्थित शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेल तथा दलललेस्थित शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गरे ।

बट्टारस्थित शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले उद्घाटन गरे भने अत्तरीया स्थित शाखाको उद्घाटन अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । नयाँ शाखा अत्तरीया सहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम संख्या ६९ पुगेको छ ।

बैकले गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य बृद्धि हासिल गर्न सफल भएको छ ।

बैंकको पूँजी पर्याप्तता अनुपात १२.५५ प्रतिशत रहेको छ जसले बैंकको पूँजीको अवस्था सुदृढ रहेको जनाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको