Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले पुषमा निक्षेपको ब्याजदर नघटाउनु घाटाको सौदा हो : परशुराम कुँवर क्षेत्री

अर्थ संसार

मंगलबार, २७ मंसिर २०७९, १६ : ०८ मा प्रकाशित

ग्लोबल आईएमई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकहरुले पुष महिनाका लागि निक्षेपको ब्याजदर नघटाएर घाटाको सौदा गरेको बताएका छन्। बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको भएता पनि महँगो ब्याजमा कर्जा लिन कोही तयार नभएको अवस्थामा १२% भन्दा माथि गएर निक्षेप उठाउनुले बैंकहरुको नाफा घट्ने बाहेक अरु केहि नहुने उनको विश्लेषण रहेको छ। अन्तरबैंक ब्याजदर ६% तिर आइसकेको अवस्थामा महँगो ब्याज तिरेर उठाईएको पैसा ६% मा एकले अर्कालाई सापटी दिएर चित्त बुझाउनुपर्ने अवस्था आउन सक्ने आंकलन उनले गरेका छन्, किनकि राष्ट्र बैंकको चालु पुँजी कर्जासम्बन्धी निर्देशिकाका कारण ऋण लिन र दिन पहिलेजस्तो सहज अवस्था अहिले छैन।   

नेपाल राष्ट्र बैंकको स्प्रेडदर नीतिले केही वाणिज्य बैंकहरूलाई असर गर्ने उनी बताउँछन् । अर्थ संसारको नियमित कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

अहिले बैंकमा पैसा थुप्रिएको उनी बताउँछन् । अहिले बैंकहरूले आफूसँग पैसा हुँदाहुँदै र क्षमता हुँदा पनि लोन नदिएको अवस्था रहेको उनले बताए । अहिले लोन जति बढेको छ त्यो भन्दा धेरै डिपोजिट बढेको तथ्याङ्कले पुष्टि गर्ने उनले बताए ।  

राष्ट्र बैंकको मूल्य वृद्धि १२ प्रतिशत पुग्छ भन्ने सर्वेक्षणलाई आफूले गम्भिर रूपमा नलिएको बताउँदै उनले भने, "मैले यसलाई गम्भिर रूपमा लिएको छैन । केही सहरका  केही सिमित व्यक्तिलाई सोधेको आधारमा महँगी बढ्छ भनिएको छ । यसअघिको असारमा गरिएको सर्वेक्षणमा पनि १४ प्रतिशतको मूल्यवृद्धि हुने उल्लेख थियो । त्यो १४ प्रतिशत भनेको ठाउँमा आश्विन महिनामा हाम्रो सीपीआई साढे ८ प्रतिशत भयो । त्यो भन्दा अगाडि गरिएका सर्वेक्षणहरू हेरौँ । कुनैपनि मिलेको छैन ।"

उनीसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको