Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका चारवटा प्रदेशमा वर्षा हुने

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ०७ : ०५ मा प्रकाशित

आज देशका चारवटा प्रदेशमा वर्षा हुने

मंगलबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंगलबार राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको