Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा आधा खर्ब बढीको गैरबैंकिङ सम्पत्ति, वाणिज्य बैंकको मात्रै ४३ अर्ब माथि

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १७ : २९ मा प्रकाशित

बैंकिङ क्षेत्रमा आधा खर्ब बढीको गैरबैंकिङ सम्पत्ति, वाणिज्य बैंकको मात्रै ४३ अर्ब माथि

बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति आधा खर्ब भन्दा बढी पुगेको हो । 

नेपाल राष्ट्र बैंकले तथ्यांक अनुसार बैंक तथा वित्तीय क्षेत्रमा ५१ अर्ब ३३ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको देखिन्छ । उक्त सम्पत्ति २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीहरुको हो । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ९ अर्ब २७ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल ४२ अर्ब पाँच करोड ७० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ८ महिनाको अवधिमा वाणिज्य बैंकहरूमा मात्र कुल ४३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ७ अर्ब २६ करोड ६७ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ३६ अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । 

त्यस्तै विकास बैंकहरूमा पनि पछिल्लो अवधिमा कुल गैरबैंकिङ सम्पत्ति बढेर ४ अर्ब ७२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १ अर्ब २२ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल ३ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूमा मात्र भने चालू आवको पछिल्लो अवधिमा ३ अर्ब १२ करोड ९० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ७८ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल २ अर्ब ३४ करोड ४० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको