Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूलाई राजस्व र सरकारी रकम प्रणालीमा तत्काल दर्ता गर्न निर्देशन

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, १६ : १२ मा प्रकाशित

बैंकहरूलाई राजस्व र सरकारी रकम प्रणालीमा तत्काल दर्ता गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई राजस्व तथा अन्य सरकारी रकम प्रणालीमा तत्काल प्रविष्टी गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरुको नाममा एउटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सरकारी कारोबार सञ्चालनका लागि स्वीकृति प्राप्त वाणिज्य बैंकहरुले राजस्व तथा अन्य सरकारी रकम बुझिलिने तर प्राप्त सम्पूर्ण भौचरहरु राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) र सुत्र रेभेन्यु मोडुललगायतका प्रणालीमा तत्काल प्रविष्टी गर्ने नगरेकोले सेवाग्राहीले तत्काल सेवा लिन नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यो परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकद्वारा जारी सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१) अनुसार, विशेष अवस्था बाहेक सबै राजस्व तथा अन्य सरकारी रकम सम्बन्धित प्रणालीमा प्रविष्ट गरेपछि मात्र स्वीकार गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन दिइएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको