Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको ४४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १० : २१ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको ४४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी बिनोद कुमार अग्रवालको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय भक्तपुरको लोकन्थलीमा लिखित जानकारी गराउनु पर्नेछ ।

कम्पनीले तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद सम्बन्धी कुनै आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम सर्वसाधारणमा शेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको