Like us!
Follow us!
Connect us!
Watch us!

४७ जनाको दौडधुप र बजेट चटारो — जेठ १५ अघि नै पाउला धितोपत्र बोर्डले नयाँ अध्यक्ष ?

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, ११ : ५३ मा प्रकाशित

४७ जनाको दौडधुप र बजेट चटारो —  जेठ १५ अघि नै पाउला  धितोपत्र बोर्डले नयाँ अध्यक्ष ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा करिब एक महिनादेखी अध्यक्षको  पद खाली छ । बोर्डमा अध्यक्ष नहुँदा सेयर बजारका धेरै कामहरू रोकिएका छन्। 
यही बेला बोर्डको अध्यक्ष छान्न बनेको समितिको संयोजक परिवर्तन भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्य नयाँ संयोजक बनेपछि भोलि (सोमबार) समितिको पहिलो बैठक बस्दैछ।

अर्थ मन्त्रालयले आवेदकहरूको नाम आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ४७ जनाको सूचीमा प्रभावशाली व्यक्तिहरूको नाम रहेको छ।  यो बैठकले अध्यक्षका लागि आवेदन दिएका ४७ जनामध्येबाट ५ जनाको सर्ट लिस्टमा  राख्ने छ र ती ५ जनाको अन्तर्वार्तापछी  ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाइनेछ। मन्त्रिपरिषद्ले ती ३ मध्ये १ जनालाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गर्ने कानुनी नियम छ। अध्यक्ष बन्ने दौडमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, डा. गोपाल भट्ट, बोर्डकै डा.नवराज अधिकारी र नेप्सेका सीईओ कृष्णबहादुर कार्की जस्ता पुराना अनुहारहरू पनि यो दौडमा छन्। यसपटक रास्वपा निकट व्यक्तिहरूको पनि ठूलो संख्यामा आवेदन परेको चर्चा छ।

छनोट समितिले काम सुरु गरे पनि जेठ १५ को बजेटअघि नै नयाँ अध्यक्ष आउने सम्भावना भने निकै कम छ। अहिले अर्थ मन्त्रालय आगामी वर्षको बजेट बनाउन व्यस्त छ र अर्थ सचिव डा. घनश्याम उपाध्यायको मुख्य प्राथमिकता बजेट नै हो। त्यसैले धितोपत्र बोर्डको नयाँ अध्यक्षको नियुक्ति जेठ १५ गतेको बजेट भाषणपछि मात्रै हुने निश्चित देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको