नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ३३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन चाँदी तोलाको ५ हजार ३९० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस