Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफले बढायो सवा ४ करोड नाफा

आइतबार, २८ कार्तिक २०७३, १४ : २३ मा प्रकाशित

नेपाल लाइफले बढायो सवा ४ करोड नाफा

 

अर्थ संसार

काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक बर्षको यही अबधिको तुलनामा झण्डै सवा ४ करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले यस अबधिमा ५ करोड ८९ लाख ६७ हजार ५८ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । 

 

नेपाल लाइफले गत वर्षको यसै अबधिमा१ करोड ६४ लाख ७३ हजार  रूपैयाँमात्र मुनाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी २ अर्ब १६ करोड ७५ लाख रूपैयाँ छ । एफपीओ जारी गरेर कम्पनीले चुक्ता पुँजी बढाउने तयारी गरिरहेको छ ।  

नेपाल लाइफको जगेडा कोषमा करिव ३२ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषको आकार ३४ अर्बभन्दा बढीको छ । नेपाल लाइफले महाविपत्ति कोषमा १५ करोड रूपैयाँभन्दा बढी विनियोजन गरिसकेको जनाएको छ ।

कम्पनीले यस अबधिमा बिमा शुल्क २ अर्ब ६६ करोड ५ लाखभन्दा बढी आर्जन गर्न गरेको छ भने सफल भएको छ । अहिलेसम्म ४२ अर्ब रूपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको