Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतको आईपीओ बिक्री खुला, सबैले आवेदन दिन पाईने

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, ०६ : २२ मा प्रकाशित

सगरमाथा जलविद्युतको आईपीओ बिक्री खुला, सबैले आवेदन दिन पाईने

सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको साधारण सेयर आइपिओमा आज चैत्र ८ गतेदेखि आवेदन दिन पाईने छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । 

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो।  जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।

बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आवेदन दिन पाउने छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको