एनडीएका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सरकारले परीक्षा प्रणालीलाई चुस्त, सुरक्षित र धाँधलीरहित बनाउन आवश्यक कदमहरु चालिरहेको बताएका छन्। एनडीए संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले युवाहरुको सुरक्षा र भविष्य नै सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे।
नीट प्रश्नपत्र लिक प्रकरणमा संलग्न दोषीहरुलाई कुनै पनि हालतमा नछाडिने र कडाभन्दा कडा सजाय दिइने प्रतिबद्धता जनाउँदै उनले परीक्षामा हुने धाँधली रोक्न नयाँ केन्द्रीय कानुन समेत लागू भइसकेको स्पष्ट पारे। साथै, उनले प्रश्नपत्र लिक जस्ता संवेदनशील विषयमा दलगत राजनीति नगर्न आग्रह गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन केन्द्र र राज्य सरकारहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस