Like us!
Follow us!
Connect us!
Watch us!

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सीआईबीको नियन्त्रणमा

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, २१ : २२ मा प्रकाशित

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सीआईबीको नियन्त्रणमा

बैंकिङ कसुरसँग सम्बन्धित मुद्दामा प्रतिवादी बनाइएका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

सीआईबीका अनुसार अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध दर्ता भएको बैंकिङ कसुर मुद्दामा थुनछेक सम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन पक्राउ गरिएको जनाएको छ।

पक्राउपछि अग्रवाललाई सोही दिन थप कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको छ। अदालतले अब उनीमाथि थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटी अथवा अन्य सर्तमा रिहा गर्ने विषयमा निर्णय गर्नेछ।

उक्त बैंकिङ कसुर मुद्दामा व्यवसायी दीपक भट्ट तथा शंकरलाल अग्रवालका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेका छन्। यसअघि अदालतमा दायर गरिएको अभियोगपत्रमा शंकरलाल अग्रवाललाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको