Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, ०६ : २६ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज चैत ९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै सभामा उपस्थिती हुन पाउने छन् ।

संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

संस्थाको १२औं वार्षिक साधारण सभा फागुन २० गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले बमोजिम चैत्र २६ गते बिहान ११ बजे होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बस्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आ।व २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको