Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युत्को आईपीओ खरीद गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १० : ५८ मा प्रकाशित

सगरमाथा जलविद्युत्को आईपीओ खरीद गर्ने आज अन्तिम दिन

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र बिक्रीमा रहने भएको हो । 

चैत ११ गते साँझ ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ११ लाख ४८ हजारभन्दा बढीले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले जानकारी दिएको हो । यी आवेदकहरूबाट १ करोड २९ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर खरीद माग भएको हो । जुन कम्पनीले माग गरेको आवेदनको तुलनामा करीब ४ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी रू। १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत सेयर बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि सेयर सुरक्षित गरी बाँकी सेयर सार्वजनिक निष्कासन गरेको हो ।

कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी  ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो सेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको