Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ११ : ०४ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिक्लेस हाइड्रोपावरको १०.५२६५ नगद लाभांश (करसहित) सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले भोली (सोमबार) बुक क्लोज गर्दैछ । यसअर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस कम्पनीले उक्त प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे सुरु हुनेछ । सभामा सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । सभामार्फत् गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको