Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ११ : २१ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू २५ करोड २५ लाखको आधारमा ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूमा लाभांश वितरणमा कडाई गरेको अवस्थामा कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको