Like us!
Follow us!
Connect us!
Watch us!

२१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १३ : १२ मा प्रकाशित

२१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रिमा

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २१ हजार २५५ कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

जसमा संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको १ हजार ५०० कित्ता छन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १ हजार ११५ रुपैयाँ तोकिएको छ। तसर्थ न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन पेस गर्नुपर्ने हुन्छ। 

बिक्रीमा ल्याइएको सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणहरुले पनि खरिद आवेदन पेस गर्न सक्नेछन्। खरिद आवेदन १५ दिनभित्र संस्थाको धादिङको धादिङबेसीस्थित केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको